ad ad

समाज


भारतीय खोपप्रति स्वदेशमै आशंका, भाजपा सांसदले भनेः खोप विरोधीहरु पाकिस्तान जाऊ

भारतीय खोपप्रति स्वदेशमै आशंका, भाजपा सांसदले भनेः खोप विरोधीहरु पाकिस्तान जाऊ

नेपालखबर
पुस २९, २०७७ बुधबार १२:१९,

भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।

यी खोपहरु यसैहप्ताको शनिबारदेखि देशव्यापी रुपमा प्रयोगमा आउँदैछन्।

तर प्रयोगको अनुमति पाइसकेको भारतीय खोप बायोटेक कोभ्याक्सिनमाथि भने सुरुवातदेखि नै प्रश्न उठाइएको छ।

छत्तीसगढ राज्यले भारतमै निर्माण भएको कोभ्याक्सिनमाथिको विश्वसनियतामा प्रश्न चिन्ह खडा गरेको छ। छत्तीसगढका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले तत्काललाई कोभ्याक्सिन प्रयोगमा नल्याउने बताएका छन्।

कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण नभएकाले यस्ता कार्यले गम्भीर अवस्था सिर्जना गर्नसक्ने उनको भनाइ छ।

यस्तै काँग्रेसका नेताहरु आनन्द शर्मा, जयराम रमेश र शशी थरुरले पनि भारतीय खोपमाथि प्रश्न गरेका छन्।

Rare Facts About BJP MLA Sangeet Som Sardhana - दसवीं में दो बार फेल हुए थे  भाजपा के फायर ब्रांड नेता संगीत सोम | Patrika Newsसंगीत सोम

यसबीचमा भारतीय जनता पार्टीका सांसद संगीत सोमले भारतमै निर्माण भएको कोरोनाविरुद्धको खोपको विरोध गर्नेहरुलाई तत्काल पाकिस्तान जान सुझाव दिएका छन्।

पाकिस्तानी सोच र मानसिकता भएकाले मात्र भारतीय खोपको आलोचना गर्ने उनको भनाइ छ।

उनले भारतीय खोप लगाउन सुझाव दिँदै भाजपा सरकारले जनताको स्वास्थ्यको ग्यारेन्टि लिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .