मोटरसाइकल चोरी गरेर विक्री वितरण गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका ४ का २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका ५ का घर भई सूर्यविनायक नगरपालिका १ विरुवास्थित विन्दवासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगन्ज राधेमाई नगरपालिका ६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका छन्।
गत शुक्रबार सूर्यविनायक नगरपालिका १ सिरुटारमा राजन सवार बा ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि राजनलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धान गर्ने क्रममा बा ७२ प ७९४९ नम्बरको मोटरसाइकल समेत उनीहरुले नै चोरी गरी सोही ठाउँ विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दवासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुलेको हो।
ती मोटरसाइकलहरु नयाँ बानेश्वर एरियाबाट चोरी गरेको भन्ने खुलेको र थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौंमा बुझाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।
Shares

प्रतिक्रिया