प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा प्रहरीले विन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ।
उनलाई सोमबार काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले अध्यक्ष लिनाविरुद्ध जाहेरी परेपछि अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको जानकारी दिए।
आइतबार गायक प्रमोद खरेल लगायतले महानगरीय प्रहरी परिसरमा अध्यक्ष लिनाविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनमा गरेको भन्दै उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
‘उहाँ (लिना)विरुद्ध परिसरमा उजुरी परेको थियो, सोही उजुरीका आधारमा पक्राउ गरिएको हो’, नेपालखबरसँग डीएसपी विष्टले भने, ‘अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।’
उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत पेश गर्न लागिएको डीएसपी विष्टले जानकारी दिए।
Shares

प्रतिक्रिया