उक्त वाहनले आफ्नो जासुसी गर्ने गरेको चीनको आरोप थियो।
यतिबेला परिस्थिती फेरिएको छ। हालै इन्डोनेसियाको जलक्षेत्रमा चीनका समुन्द्र मुनी प्रयोग हुने ड्रोनहरु भेटिएका छन्।
गत डिसेम्बरमा साउथ सुलावेसीको सिलायर टापुमा इन्डोनेसियाली अधिकारीहरुले तीनवटा चिनियाँ ड्रोनहरु भेटेका हुन्। यी ड्रोनहरु समुन्द्र मुनी प्रयोग हुने गरेको बताइएको छ।
चीनका समुन्द्र मुनी चल्ने ड्रोनहरु भेटिएसँगै चीन पनि जासुसी गर्न सक्रिय भएको र चीनले पनडुब्बी विकासमा उल्लेखनीय प्रगति गरेको अनुमान गरिएको छ।
चीनले उक्त ड्रोनहरु जाडो समयको सर्वेक्षणका लागि प्रयोग गरेको रक्षा विश्लेषक एच आई सटनले बताएका छन्।
यद्यपी चीनले समुन्द्र मुनी प्रयोग हुने हतियारमा उल्लेखनीय प्रगति गर्न सकेको विश्लेषण गरिएको छ। एससीएमपी
प्रतिक्रिया