समाज


परिवर्तित कोरोनाकाे संक्रमण आशंका गरिएका ३ जनाको नमुना हङकङ पठाइयो

परिवर्तित कोरोनाकाे संक्रमण आशंका गरिएका ३ जनाको नमुना हङकङ पठाइयो

नेपालखबर
पुस २७, २०७७ सोमबार ५:१४,

सुरुमा बेलायतमा देखापरेको परिवर्तित कोरोना भाइरस (नयाँ भेरिएन्ट) बाट संक्रमण भएको आशंका गरिएका तीन जनाको नमुना थप जाँचका लागि हङकङ पठाइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रविधिले कोरोनाको नयाँ प्रकार निक्र्याेल गर्न नसक्ने भएकाले हङकङ विश्वविद्यलाय पठाइएको हो।

‘नमुना हिजै (आइतबार) गइसकेको छ,’ प्रयोगशालाकी निर्देशक डा. रुना झाले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘रिपोर्ट कहिले आउँछ अहिले भन्न सकिन्न।’

बेलायतबाट फर्किएका ७ जनामा कोरोना पुष्टि र तीमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकारको संक्रमणको संकेत देखिएपछि थप परीक्षणका लागि ती तीन जनाको नमुना हङकङ पठाइएको हो।

याे पनि :

नेपालमा पनि ३ जनामा देखियो बेलायतमा विकसित नयाँ कोरोनाको संकेत

मुम्बईका ३ युवामा नयाँ प्रकारको कोरोना देखियाे, एन्टिबडीले पनि काम नगर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad