समाज


भक्तपुरमा पाँचतले घरबाट खस्दा मजदुरको मृत्यु

भक्तपुरमा पाँचतले घरबाट खस्दा मजदुरको मृत्यु

नेपालखबर
पुस २७, २०७७ सोमबार ०:७,

भक्तपुरमा पाँचतले घरबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

आइतबार दिउँसो भक्तपुर नगरपालिका २ कालोपाटीस्थित सुनिल थिमीको ५ तले घरबाट जमिनमा बजारिँदा महोत्तरीको बर्दिबास घर भएका ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको हो।

पाँचतला माथि बसेर घरको गाह्रो लगाउने क्रममा अचानक खस्दा मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्दै आएका मगरको उपचारको क्रममा डा.इवामुरा अस्पताल भक्तपुरमा मृत्यु भएको हो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad