जुम्लाको पातारासी गाउँपालिका-१ स्यालागढी गाउँ बस्ने ६९ वर्षीय पुरी चन्द्र ऐरीको घरबाट नगद ९ लाख ४८ हजार रुपैयाँ लुटपाट भएको छ।
ऐरीको घरमा शनिबार राति आएका अपरिचित ३ जनाले मुलढोका फोडेर उनलाई खुकुरी प्रहार गरी उक्त नगद लिई फरार भएको बताइएको छ। सोही ठाउँस्थित वाखे तिर्थस्थल जाने बाटो निर्माणको लागि उक्त नगद घरमा राखिएको थाह भएको छ।
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया