समाज


देशभर सक्रिय संक्रमितको संख्या ४४ सय २२

देशभर सक्रिय संक्रमितको संख्या ४४ सय २२

नेपालखबर
पुस २६, २०७७ आइतबार १०:५६,

नेपालमा कोरोना भाइरसको संक्रमणका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा आज देश भर सक्रिय संक्रमितको संख्या चार हजार चार सय २२ जना रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकरा दिए।

यी मध्ये संस्थागत आइसोलेसनमा तीन हजार २४२ र होम आइसोलेसनमा एक हजार १७९ जना रहेका छन्।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण देखिएको छ। तीन हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। यस्तै आज ५४३ जना डिस्चार्ज भएका छन्।

आज भक्तपुरमा ९, ललितपुरमा १८ र काठमाडौंमा ९९ गरी उपत्यकामा १२६ जना संक्रमित भेटिएका छन्।

गएको बुधबारदेखि हालसम्म २४ हजार ७९२ जनाको पीसीआर परीक्षण गरिएकोमो एक हजार ९६३ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा दुई हजार ७७५ जना डिस्चार्ज भएको र २४ जनाको निधन भएको प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad