पाकिस्तानमा शनिबार मध्यरातमा पूरै देशभरि विद्युत् आपूर्ति बन्द भएको थियो।
सो क्रममा देरभरी नै अन्धकार छाएको थियो। यतिबेला भने केही स्थानमा बिजुली आउन थालेको बीबीसीले जनाएको छ।
राजधानी इस्लामाबादसहित मुख्य सहरहरू लाहोर र कराचीमा पनि स्थानीय समयानुसार मध्यरातपछि एक्कासि बिजुली गएको थियो।
देशका ऊर्जामन्त्रीले बत्ती जानुको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।

आइतबार बिहानै ट्वीट गर्दै ऊर्जामन्त्री ओमार अयुब खानले लेखेका छन्,‘विद्युत् प्रसारण प्रणालीमा एक्कासि आएको समस्याको कारण देशैभरि बिजुली गएको हो।’
पाकिस्तानमा बिजुली जानु असामान्य कुरा होइन तर अहिलेको जस्तो देशैभरि र लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएको यो पहिलोपटक हो।
सन् २०१३ मा दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा रहेको विद्युत् केन्द्रमा प्राविधिक समस्या आउँदा पाकिस्तानको विद्युत सञ्जाल बिग्रिएको थियो।
बिजुली जाने समस्याका कारण यसअघि पाकिस्तानमा प्रदर्शनहरू पनि भएका थिए।


प्रतिक्रिया