ad ad

समाज


भारतमा मन्दिरमा सामूहिक बलात्कार/हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ

भारतमा मन्दिरमा सामूहिक बलात्कार/हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ

नेपालखबर
पुस २३, २०७७ बिहिबार २३:४७,

भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए। ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घाेषणा गरेकाे थियाे। 

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामूहिक बलात्कारपछि मारिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो। 

बलात्कार/हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका २ साथीलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .