समाज


प्राधिकरणको लापरवाही, जंगलमा करेन्ट लागेर भालु मर्‍यो

प्राधिकरणको लापरवाही, जंगलमा करेन्ट लागेर भालु मर्‍यो

नेपालखबर
पुस २१, २०७७ मंगलबार २:४९,

उदयपुरको कटारी नगरपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रको जङ्गलमा करेन्ट लागेर एउटा भालु मरेको छ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको हाइटेन्सन लाइनको तारबाट जमिनमा करेन्ट प्रवाह हुँदा भालु मरेको हो।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङगलका केही क्षेत्रको जमिनमा समेत प्रवाह हुने गरेको बताए। ‘जमिनमा करेन्ट प्रवाह हुँदा घुम्दै आएको भालु करेन्ट लागेर मरेको हो,’ उनले भने।

कतिपय ठाउँमा चिसो जमिन तथा हरिया रुख बिरुवा तारमा जोडिने गरेको कारण त्यस क्षेत्रमा जोखिम बढेको छ। विद्युत्को उचित व्यवस्थापन नहुँदा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए।

समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad