ad ad

समाज


बेलुकाबाट वर्षा बढ्ने, सतर्क रहन मौसमविद्को सुझाव

बेलुकाबाट वर्षा बढ्ने, सतर्क रहन मौसमविद्को सुझाव

नेपालखबर
साउन १९, २०७६ आइतबार १:१३,

आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना छ। यसैकारण बेलुकादेखि मौसमी गतिविधि (वर्षा हुने) बढ्ने सम्भावना रहेको उनले बताइन्।

‘हामीले जुन-जुन स्थानमा वर्षा हुने प्रक्षेपण गरेका छौं, ती स्थानमा पहिरो जाने तथा खोलानाला बढ्ने सम्भावना देखिन्छ,’ नेपालखबरसँग मौसमविद् पोखरेलले भनिन्, ‘त्यही भएर सतर्क हुन आवश्यक छ।’

काठमाडौं उपत्यकामा कस्तो रहन्छ मौसम ?
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली भएको छ। केही स्थानमा छिटफुट वर्षा पनि भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

तर काठमाडौंमा मौसम मौसम खुल्ने सम्भभावना पनि रहेको उनले बताइन्। ‘पानी त पर्छ तर केहीबेर मौसम खुल्ने सम्भावना पनि छ,’ उनले भनिन्।

हेरौं मौसम महाशाखाले जारी गरेको ताजा बुलेटिन :

मौसम विश्लेषण :
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ।

देशभर समग्र मौसमको अवस्था 
हाल देशभर आंशिकदेखि सामान्यसम्म बदली छ। साथै पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण १९ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशक मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण २० गते सोमबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण २१ गते मंगलबार
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहने सम्भावना छ। साथै बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .