ad ad

समाज


गएको २४ घण्टामा ४२१ जना कोरोना संक्रमित, ६३७ डिस्चार्ज

गएको २४ घण्टामा ४२१ जना कोरोना संक्रमित, ६३७ डिस्चार्ज

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:५०,

गएको २४ घण्टामा नेपालमा ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५ हजार ८०० जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको जानकारी दिए।

आज काठमाडौंमा उपत्यकामा १९७ जना कोरोना संक्रमित भेटिएका छन्। डा. गौतमका अनुसार भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौंमा १६० जना संक्रमित देखिएका हुन्।

यस्तै, गएको २४ घण्टामा ६३७ जना कोरोनामुक्त भएका छन्।

आज ६३७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएकाे डा गाैतमले जानकारी दिए।

गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना संक्रमण पुष्टी भएको र ती हजार १८२ जना संक्रमणमुक्त भएका डा. गौतमले बताए। यो अवधिमा ३८ जनाको निधन भएको छ।

नेपालमा हालसम्म दुई लाख ५४ हजार ४९४ जना कोरोना संक्रमणमुक्त भएका छन्, जुन ९७.२ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .