सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगितामा अर्कैका नाममा परीक्षा दिने १० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
शनिबार भएको लिखित परीक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीहरुको एकिन गर्ने क्रममा देशभरका परीक्षा केन्द्रहरुबाट १० जना नक्कली परिक्षार्थी पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्रले भर्ना छनोट कार्य निष्पक्ष र पारदर्शी रहेको जनाएको छ।

प्रतिक्रिया