उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
यही पुस १५ गतेको मन्त्रिपरिषदको निर्णयबाट बढुवा भएका खत्रीलाई शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
पदोन्नति भएका प्राविधिक उपरथी डा. खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ। नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका १ जना महा–सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो।
3
Shares

प्रतिक्रिया