ad ad

समाज


आगोले जलेर दुई वर्षीया बालिकाको मृत्यु

आगोले जलेर दुई वर्षीया बालिकाको मृत्यु

नेपालखबर
पुस १६, २०७७ बिहिबार १५:३,

बैतडीको सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ। दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो।

बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ भने स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

घटनास्थल गाँजरी प्रहरीचौकीबाट चार घण्टाको पैदलदूरीमा रहेको बताइएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .