ad ad

समाज


भारतमा बिहीबार पाँच जनामा नयाँ कोरोना भाइरसको प्रकार देखियो

भारतमा बिहीबार पाँच जनामा नयाँ कोरोना भाइरसको प्रकार देखियो

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:४३,

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा बिहीबार पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ।

योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको छ। उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ।

कोभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको थियो। बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।

भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो।

यसअघि र यो पछिल्लो पटक देखिएका यी सङ्क्रमितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन।

उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .