ad ad

समाज


९ डीआईजी बढुवाको तयारी, गृहमन्त्री र सचिवबीच छलफल

९ डीआईजी बढुवाको तयारी, गृहमन्त्री र सचिवबीच छलफल

उजिर कार्की
पुस १२, २०७७ आइतबार १४:७,

नेपाल प्रहरीका ९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको तयारी भएको छ। डीआईजी बढुवाका विषयमा बढुवा समितिका संयोजक समेत रहेका गृहसचिव महेश्वर न्यौपाने र गृहमन्त्री रामबहादुर थापा बादलबीच आइतबार छलफल भएको छ।

आइतबारको छलफलपछि तत्काल नै बढुवा गर्ने तयारी भएको गृह मन्त्रालय श्रोतले जनाएको छ।

नेपाल प्रहरीमा गत असार २४ गतेदेखि डीआईजी पद रिक्त छन्। त्यतिबेला सूर्य उपाध्यायले अवकाश पाएपछि एक डीआईजी रिक्त भएको थियो। साउन १२ गते अरु दुई डीआईजीहरु निरज शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा भए।

सरकारले ५ डीआईजीको दरबन्दी थप्यो भने एक एआईजी थप गरेर विश्वराज पोख्रेललाई एआईजीमा बढुवा गरेपछि रिक्त डीआईजी दरबन्दीको संख्या ९ पुगेको छ।

गृह श्रोतका अनुसार यसपटक आईजीकै ब्याची डीआईजी बढुवाको प्राथमिकतामा परेका छन्।

२०७९ वैशाख १९ गते र २०७९ चैत २९ गते अवकाश हुने प्रहरीहरु डीआईजीका प्रतिस्पर्धी हुन्। २०५१ को ब्याचले समेत डीआईजी बढुवामा जोडबल गरेपनि त्यो समूह अहिले बढुवा नहुने भएको हो।

दाबेदार २४ एसएसपीमध्ये २०७४ साउन १९ गते एसएसपी भएका गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा र रामकृपाल साहसँगै पछिल्लो ब्याचका दिवेश लोहनी अगाडि छन्।

सौरभ राणा र उमेश रन्जितकार पनि सँगै एसएसपी भएका थिए।

एसएसपीमा पछि परेका प्रकाश अधिकारी, देवबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ पनि आईजीकै ब्याची हुन्।

२०७५ जेठ २ गते एसएसपी बढुवामा परेका अरु ९ जना पनि डीआईजीको दौडमा छन्। यो ब्याचबाट गत असारमा सहकुल थापा र अरुणकुमार बीसी डीआईजी भइसकेकाले उनीहरुलाई पनि बलियो दाबेदार मानिएको छ।

सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री र मसाउद आलम खाँ पछिल्लो ब्याचका डीआईजी दाबेदार हुन्।

२०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ती भएकालाई भने यसपटक बढुवा नगर्ने सहमति प्रहरी नेतृत्व र गृहमन्त्रालयबीच बनिसकेको श्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .