ad ad

समाज


नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ११:२०,

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सात सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार सात सय दुई पुगेको छ।

मन्त्रालयका अनुसार आज देशभर ८२१ संक्रमित थपिएका छन्। पाँच हजार ४२३ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। संक्रमितमध्ये ५०४ जना पुरुष र ३१७ महिला छन्।

नेपालमा हालसम्म दुई लाख ४९ हजार २४४ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये दुई लाख ३६ हजार ५७३ जना निको भएका छन्।

आज उपत्यकामा ३३३ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .