ad ad

समाज


हटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवाको मृत्यु

हटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवाको मृत्यु

नेपालखबर
साउन १६, २०७६ बिहिबार २:१७,

मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

हेटौँडाको बसामाडीमा ट्रकलेमोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो।

बुधबार साँझ भएको दुर्घटनामा उनीहरु गम्भीर घाइते भएका थिए। उपचारको क्रममा बुधबार राति नै उनीहरुको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएका हुन्।

सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .