क्यानाडा पठाइदिने बहानामा विभिन्न व्यक्तिहरुबाट लाखौं रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीको तिलगंगा–१ तल्लोटोल बस्ने रेनुका सारु र भारत पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने शेख सम्सुर आलोन रहेका छन्।
प्रहरीले उनीहरुलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रण लिएको हो।
पाल्पाको माथागडी गाउँपालिका– ४ घर भई हाल काठमाडौंको मनमैजु बस्ने खिन्त बिर सारुले सामाजिक सञ्जाल फेसबुक मार्फत रेनुकासँग चिनजान भएपछि कुरा गर्दै जादाँ उनले क्यानडा पठाई दिन्छु भनी विश्वासमा पारी क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट समेत देखाई रु १४ लाख रुपैयाँ ठगी सम्पर्कविहीन भएको अपराध महाशाखाले जनाएको छ।
साथै उनीहरुले अन्य तीनजना व्यक्तिहरुबाट १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने बुझिन आएको भन्दै यदी कोही ठगीमा परेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया