समाज


शिक्षक हत्या : पछाडि हात बाँधेर लगेका नकावधारीले मारेर जंगलमा छाडे

शिक्षक हत्या : पछाडि हात बाँधेर लगेका नकावधारीले मारेर जंगलमा छाडे

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ९:४४,

मोरङको मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या कसले गरेको भन्ने अन्यौलमै रहेको स्थानीयले बताएका छन्।

एक स्थानीयले मंगलबार बिहानै आएका ६ जना नकावधारीले पछाडी हात बाँधेर लगेको र आफूहरु भेला भएर आधा घण्टापछि खोजीका लागि जाँदा देउढुंगा जंगलमा शव फेला पारेको बताए।

१५ घर जति रहेको साे ठाउँ पहाड र बिकट क्षेत्र हो।

शिक्षक श्रेष्ठलाई लैजाँदै गरेको देखेका एक स्थानीयले गाउँलेलाई खबर गरेका थिए।

त्यसपछि भेला भएर ७ जना स्थानीय उनकाे खाेजिमा घरभन्दा पश्चिम तर्फको जंगलतिर गए।

तर उनीहरु आधाघण्टा हिँडेर केहि टाढा पुग्दा जंगलमा भर्खरै मारेको अवस्थामा श्रेष्ठलाई देखे। 

‘रगत बगिरहेको थियो, शरीरको माथिल्लो भागको लुगा खोलेर त्यसैले ढाकिएको थियो,’ उनले नेपालखबरसँग भने।

शिक्षक श्रेष्ठलाई त्यो अवस्थामा फेला पारेपछि उनीहरु गाउँतिरै फर्किए र वडाध्यक्षलाई खबर गरे।

नकावधारीले लैजाने बेलामा सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठ घरमा एक्लै थिए। उनले गोठमा गाईलाई घाँस दिँदै थिए। उनकी श्रीमती भने घरदेखि केहि पर रहेको बाख्रा फर्ममा गएकी थिइन्।

उनीहरुका एक छोरा र एक छोरी छन्। छोरा बुहारी मधमामा बस्छन्। 

ती स्थानीयले नेपालखबरसँग भने, ‘गोलि हानेको आवाज पनि सुनिएन, गोलि हानेको हो कि खुकुरी हो हामीले हेरेनौं। त्यसपछि हामी फर्कियौं। फर्किएर वडाअध्यक्षलाई खबर गर्‍यौं।’

विद्यालयमा चन्दा मागेको कुरा केही समय पहिले आएको थियो। तर यस विषयमा शिक्षक श्रेष्ठले भने केही पनि भनेका थिएनन्।

‘अहिले गाउँमा सबैजना अन्योलमा छौं, यसै भन्ने अवस्थामा छैनौं। केही गल्ती गरेको भए अरु सजाय हुनुपर्ने किन मारे भन्ने अन्योलमा छौं,’ उनले भने।

उनका अनुसार अहिले मृतक श्रेष्ठका छोराछोरीलगायत आफन्त जम्मा हुँदैछन्। वडाध्यक्ष लगायतको टोलि पनि घटनास्थलतर्फ लागेको छ। प्रहरी समेत घटनास्थलमा पुगिसकेको छैन।

प्रहरीले भने विप्लव समूहले हत्या गरेको आशंका गरेको छ। तर, त्यसलाई पुष्टि नै गर्नका लागि अहिलेसम्म कुनै प्रमाण भने फेला परेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .