कम्बोडिया सरकारले आफ्ना सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ।
प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने घोषणा गरेका हुन्।
आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरूसँग परामर्श गर्न पनि निर्देशन दिएका छन्। आफ्ना अर्थमन्त्रीलाई उनले सबै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न निर्देशन दिएका छन्।
पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउनेगरी १० लाख खोप ल्याउने योजना कम्बोडिया सरकारले बनाएको छ।
एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई पुग्ने बताइएको छ। दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनले बताए। एजेन्सी
प्रतिक्रिया