समाज


भारतमा १३६ दिनपछि सक्रिय संक्रमितको संख्या सबैभन्दा कम

भारतमा १३६ दिनपछि सक्रिय संक्रमितको संख्या सबैभन्दा कम

नेपालखबर
मंसिर २०, २०७७ शनिबार १०:०,

पछिल्लो १३६ दिनपछि शनिबार सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन्।

भारतमा शनिबार चार लाख नौ हजार ६८९ जना सङ्क्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

यो सङ्ख्या पछिल्लो १३६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयको भनाई छ।

“सक्रिय सङ्क्रमितहरुको सङ्ख्या यो १३६ पछिको सबैभन्दा कम हो, सन् २०२० को जुलाई २२ अघि यो भन्दा कम थियो, त्यसपछि बढ्दै बढ्दै गएको थियो,” मन्त्रालयले भनेको छ।

मन्त्रालयले पछिल्लो समयमा दिनप्रतिदिन सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै जाने क्रम चलिरहेको जनाएको छ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ४.२६ प्रतिशत मात्रे भएको मन्त्रालयको तथ्याङ्क छ।

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ६५२ जना नयाँ सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या पनि अघिल्ला केही दिनदेखि घट्दै गइरहेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा कुल ४२ हजार ५३३ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएको विवरण छ।

दुवै तथ्याङ्क हेर्दा थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले कोरोनाभाइरसको महामारी कम हुँदै गएको देखिएको छ।

सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ९४.२८ रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

भारतमा अहिलेसम्म कुल ९० लाख ५८ हजार ८२२ जना सङ्क्रमणमुक्त भइसकेका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad