ad ad

समाज


पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ५:३०,

पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ।

जमालीको बुधबार ७६ वर्षको उमेरमा रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ।

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए।

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन्।

बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्री बनेका थिए। सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए।–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .