ad ad

समाज


राष्ट्रपतिमा निर्वाचित बाइडेनले ह्वाइट हाउसको संचार टोलीमा सबै महिला नियुक्त गरे

राष्ट्रपतिमा निर्वाचित बाइडेनले ह्वाइट हाउसको संचार टोलीमा सबै महिला नियुक्त गरे

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ७:२४,

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन्।

उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन्।

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन्। उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन्। बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरेकी थिइन्।

उनले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिएकी छिन्। एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .