समाज


नाइजेरियामा ४३ कृषि मजदुरको बीभत्स हत्या, खेतमा काम गरिरहेका बेला बाँधेर घाँटी रेटियो

नाइजेरियामा ४३ कृषि मजदुरको बीभत्स हत्या, खेतमा काम गरिरहेका बेला बाँधेर घाँटी रेटियो

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १:३८,

उत्तर–पूर्व नाइजेरियामा कम्तीमा ४३ जना कृषि मजदुरको बीभत्स हत्या गरिएको छ।

मिडिया रिपोर्टका अनुसार शनिबार धान खेतमा काम गरिरहेका मजदुरलाई आक्रमणकारीले बाँधेर घाँटी रेटेका हुन्।

यो हमला बोर्नाे राज्यको राजधानी मेडुगुरी नजिक भएको हो। यस क्षेत्रमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय छन्।

यस हमलालाई केही महिनायताकै सबैभन्दा बीभत्स भनिएको छ। शनिबार भएको त्यस आक्रमणलाई त्यहाँका राष्ट्रपतिले ‘पागलपन’को संज्ञा दिएका छन्।

अहिलेसम्म हमलाको कुनै संगठनले जिम्मेवारी लिएको छैन।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हमलाको भत्र्सना गर्दै भनेका छन्, ‘मेहनती मजदुरविरुद्ध गरिएको यस आक्रमणको जित निन्दा गरे पनि कम हुन्छ। यो लज्जानक हत्याले पूरै देश शोकमा परेको छ।’

समाचार एजेन्सी एएफपीले केही प्रत्यक्षदर्शीैको भनाइ उधृत गर्दै लेखेको छ- ‘हामीले अहिलेसम्म ४३ वटा शव फेला पारेका छौं। सबैको काटेर हत्या गरिएको छ।’

अझै केही मजदुर बेपत्ता रहेको बताइएको छ।

एएफपीको रिपोर्टअनुसार ती मजदुर नाइजेरियउाको उत्तर पश्चिमी राज्य सोकोतोबाट करिब हजार किलोमिटर टाढा उत्तर पूर्वस्थित बोर्नाे राज्यमा रोजगारीका लागि गएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad