गएको २४ घण्टामा नेपालमा एक हजार नौ सय ८० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ९१ पुरुष र ७८९ जना महिला गरी सो संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा एक हजार सात जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये ५५३ जना पुरुष र ४५४ जना महिला रहेका छन्।
गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोना निको भएर फर्किएका छन् भने १६ जनाको ज्यान गएको छ।

प्रतिक्रिया