कोरोना भाइरस संक्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ।
सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशंकर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो।
सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो। रासस
प्रतिक्रिया