ad ad

समाज


स्वास्थ्य मन्त्रालयले स्टार र ह्याम्ससहित चार ल्याबलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले स्टार र ह्याम्ससहित चार ल्याबलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ११:८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गरिरहेको उपत्यकाका चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाको नमूना भण्डारण नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको बताए।

उनले भदौ ३१ गतेको आइसीएसको निर्णय अनुसार कोरोना परीक्षण गर्न सबै ल्याबहरुलाई नेगेटिभको हकमा एक र पोजिटिभको हकमा तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय गरेको थियो।

 नेपालमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्ति विदेशमा पुगेपछि पोजिटिभ नतिजा आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

कोरोना परीक्षण गर्न सबै प्रयोगशालाहरु इन्टरनल क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाइ कडाइका साथ लागू गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .