जम्मु–कस्मिर प्रहरीले दिएको जानकारी अनुसार बिहीबार बिहानै सेना र आतंकवादीबीच नगरोटामा मुठभेड भएको थियो।
बन टोल प्लाजा नजिकै भारतीय सेनासँगै प्रहरी र सीआरपीएफ फौजहरुले आतंकवादीमाथि आक्रमण गरेका थिए।
जम्मु–कस्मिरका डीजीपी दिलबाग सिंहका अनुसार आतंकवादीहरु कस्मिर घाटी ट्रकमा चढेर गइरहेका थिए।
तर जम्मुको नगरोटामै प्रहरीले ट्रकलाई रोकेको थियो। त्यसपछि मुठभेड भएको थियो।
— IGP Jammu (@igpjmu) November 19, 2020Four terrorists have been neutralized and one Police Constable injured in an encounter at Ban Toll Plaza ,Jammu with #Police #CRPF and #Army. Area is being sanitized.
सन् २०१९ को फेब्रुअरी १४ का दिन जैस–ए मोहम्मद समूहले नै कस्मिरको पुलुवामा जिल्लामा आत्मघाती बम बिस्फोट गराएका थिए।
त्यस बिस्फोटनमा ४२ भारतीय सेनाले ज्यान गुमाएका थिए। यस आतंकवादी समूहलाई पाकिस्तानी सरकारको साथ रहेको भारतीय दाबी छ। तर पाकिस्तानले भारतको दाबी अस्वीकार गर्दै आएको छ।
प्रतिक्रिया