ad ad

समाज


अमेरिका युद्धपोतबाट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र खसाउन पहिलोपटक सफल

अमेरिका युद्धपोतबाट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र खसाउन पहिलोपटक सफल

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ९:३६,

सोमबार परीक्षणका क्रममा अमेरिकाको मिसाइल डिफेन्स सिस्टमबाट प्रहार भएको क्षेप्यास्त्रले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र आइसीबीएमलाई बिचमै खसाउन सफल भएको थियो।

उक्त मिसाइल डिफेन्स सिस्टम युद्धपोतमा राखिएको थियो। मिसाइल डिफेन्स सिस्टमको सफल परीक्षणपछि अमेरिकाले उत्तर कोरियाको क्षेप्यास्त्र खतरालाई सहजै सामना गर्न सक्ने अपेक्षा गरिएको छ।

यूएसएस जोन फिन युद्धपोतबाट आइसीबीएमलाई खसाइएको थियो। आइसीबीएमलाई खसाउन स्ट्यान्डर्ड मिसाईल–३ ब्लक अईआईए मिसाइल लन्चरको सहयोग लिइएको थियो।

आइसीबीए मार्सल आइल्यान्डबाट प्रहार गरिएको थियो उक्त क्षेप्यास्त्रलाई रक्षा क्षेप्यास्त्रले हवाईमा खसाएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .