भारतको छत्तीसगढ राज्यस्थित मुंगेलीका जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिनले आइतबार आत्महत्या गरेकी छन्।
प्रहरीले उनको सरकारी भवनको ढोको फोडेर हेर्दा उनी सारीको पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
तर के प्रस्ट हुन सकेको छैन भने उनले किन ज्यान फालिन्?
मुंगेलीका एसपी अरविन्द कुजुरका अनुसार प्रारम्भिक जानकारीअनुसार उनी एक्लै बस्ने गरेकी थिइन्। एक्लोपनाका कारण उनी डिप्रेसनमा थिइन्।
जब भान्सेले ढाेका बन्द देखे
न्यायाधीश मार्टिनका भान्से आइतबार बिहान ९ बजे उनको सरकारी निवास पुगेका थिए। ढोका बन्द देखेपछि उनले निकै बेर घण्टी बजाए। साथै उनले न्यायाधीश कान्ता मार्टिनलाई फोन पनि गरे, तर फोन उठ्दै उठेन। त्यसपछि ती भान्सेले नजिकैका अदालतका अन्य अधिकारीलाई जानकारी गराए।
सूचना पाउनासाथ एसपी घटनास्थल पुगे। उनले टर्चको मद्दतले झ्यालबाट जब भित्र हेरे तब न्यायाधीश मार्टिनको शव झुन्डिएको देखे। यसपछि प्रहरीले ढोका फोरेर शव तल झारे। घटनास्थलमा कुनै सुसाइड नोट भने भेटिएको छैन।
पतिको देहान्त, छोरा अर्के सहरमा
प्रहरीका अनुसार न्यायाधीश मार्टिनका पतिको डेढ वर्षअघि निधन भइसकेको छ। उनका दुई छोरामध्ये एउटा रायपुर र अर्का दिल्लीमा बस्छन्। कान्तामा मार्टिन २०१९ जुलाईदेखि मुंगेली जिल्लाको न्यायाधीश एवं सत्र न्यायाधीश बनेकी थिइन्। दैनिक भास्कर

प्रतिक्रिया