प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
करिब ११ लाख रुपैयाँको चेक बाउन्स गरी ठगी गरेको आरोपमा पाँचथरको साविक यासोक गाविस–८ घर भई भक्तपुर बालकोट बस्ने पृथ्वी राज चेमजोङ्गलाई ब्यूरोले पक्राउ गरेको हो। उनलाई पाटन उच्च अदालतले गत वर्ष पुस ९ गते १५ दिन कैद र १० लाख ९४ हजार पाँच सय रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।
उनले आर्थिक ब्यबहार मिलाउने भनी मन्जु श्रेष्ठसँग १० लाख ९४ हजार पाँच सय रुपैयाँ ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रर्याप्त रकम हुँदै नभएको प्रभु बैंक लिमिटेडको खाताको सोही रकमको दुईवटा चेक जानी जानी मिति २०७० असार १४ मा जाहेरवालाको नाममा जारी गरेकोमा उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो।
आइतबार गोङ्गबुबाट पक्राउ परेका चेम्जोङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया