कोरोना संक्रमणसम्बन्धी एउटा अचम्मको खबर सार्वजनिक भएको छ। अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको एक अध्ययनले कोरोना संक्रमण ठीक भएका हरेक ५ जनामध्ये एक जनाले मानसिक समस्या भोगिरहेको पत्ता लगाएको हो।
यस्ता बिरामीमा फरक फरक किसिमका मानसिक समस्या देखिएको अनुसन्धानकर्ताले बताएका छन्।
वैज्ञानिकका अनुसार कोरोना निको भएका धेरै मानिसमा यो अनुसन्धान गरिएको थियो। त्यस क्रममा त्यस्ता २० प्रतिशत व्यक्तिमा मस्तिष्कसम्बन्धी समस्या देखापर्न थालेको पाइएको हो। धेरैलाई एन्जाइटी, डिप्रेसन र अनिद्राका समस्या देखिएका छन्। स्राेत : दैनिक भास्कर

प्रतिक्रिया