नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा १ हजार ४२० जनासहित देशभरमा थप २ हजार ७३६ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मंगलबार पनि काठमाडौँमा सबैभन्दा बढी १ हजार १४१ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरमा १९३, चितवनमा १६८, काभ्रेमा १०१, कास्कीमा ९४, झापामा ९३ र रुपन्देहीमा ८८ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।
हेरौँ कहाँ कति थपिए?

486
Shares

प्रतिक्रिया