काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ३९८ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार उपत्काका काठमार्डौँमा १ हजार ९१, भक्तपुरमा १४७, ललितपुरमा १६० जनामा संक्रमण देखिएको हो। योसँगै आज देशभरमा ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।

प्रतिक्रिया