ad ad

समाज


बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आत्महत्या

 बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आत्महत्या

नेपालखबर
साउन १२, २०७६ आइतबार ११:५१,

प्रधानमन्त्री निवासको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानिबन दायरामा रहेका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।

उनले माछापोखरीस्थित सपिङ मलबाट सातौं तलाबाट हामफालेर आइतबार आत्महत्या गरेका हुन्। अवकाश प्राप्त नायब सुब्बा उनी पर्वत कांग्रेसका नेता समेत हुन्।

महानगरीय प्रहरी वृत्त बालाजुले उनको आत्महत्या पुष्टि गरेको छ।

घटना लगत्तै प्रहरीले श्रेष्ठलाई तत्काल उपचारका लागि पिपुल्स अस्पताल लगेको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको वृत्तका प्रमखु डीएसपी बालनरसिंह राणाले नेपालखबरलाई बताए।

डीएसपी राणाले श्रेष्ठ सपिङ मलमा किनमेलका लागिभन्दा आत्महत्याका लागि सातौं तलामा गएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। उनकाअनुसार श्रेष्ठ खाली हात थिए।

को हुन् श्रेष्ठ?

श्रेष्ठ बालुवाटारको चर्चित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने मुछिएका थिए।

ललिता निवासको सो जग्गा व्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो।

सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो।

तत्कालिन प्रधानमन्त्री ‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिने काममा कांग्रेस निकट कर्मचारीको नेता भएका कारण श्रेष्ठले खरिदार भएपनि सबै प्रक्रिया मिलाउन महत्वपूर्ण भूमिका खेलेको भेटिएको अख्तियारको दावी थियो।

उनी नेपाली कांग्रेस पर्वतका सचिव हुन। लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी १ का पूर्व गर्भनरसमेत रहेका श्रेष्ठ कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अर्जुनप्रसाद जोशीका निकट र विश्वासपात्र मानिन्थे।

 ललितानिवासको जग्गा व्यक्तिका नाममा जानेगरी २०४७, २०४९ र २०६२ साल तथा आर्थिक वर्ष २०६६-६७ र २०६८-६९ मा निर्णय गर्ने प्रमुख मालपोत अधिकृत, अधिकृत, नायब सुब्बा, खरिदारलगायतसँग अख्तियारले अहिले पनि बयान जारी राखेको छ। २०४९ कात्तिक २५ र पुस २३ गते तत्कालिन प्रमुख मालपोत अधिकृत रामशरण देउजासहितका कर्मचारीले मिसिल नम्बर १०२४ र १०२५ को करिब एक सय १४ रोपनी जग्गा सुवर्णशमशेरका तत्कालीन हकदारहरूका नाममा नामसारी गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .