ad ad

समाज


भारतको अहमदावादमा कपडा गोदाममा आगलागी, ८ जनाको मृत्यु

भारतको अहमदावादमा कपडा गोदाममा आगलागी, ८ जनाको मृत्यु

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १०:३२,

भारतको गुजरातको अहमदावादमा एक कपडा गोदाममा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।

कपडा गोदाममा आगलागीपछि भएको विस्फोटका कारण घरको छत खस्दा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

५ जना अझै छतले पुरिएको हुनसक्ने आशंका गरिएको छ।

उक्त स्थानमा अहिले आगो निभाउनका लागि दमकल पुगिसेकेको र राहत र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

अग्नि नियन्त्रण ब्युरोका एक अधिकारीले गोदामको छेउमा रहेको बायलरमा विस्फोट हुँदा आगो लागेको जानकारी दिए। यस घटनामा ६ जनालाई उद्धार गरिएको छ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .