समाज


स्वास्थ्य मन्त्रालयलाई डेढ करोड रुपैयाँको पीपीई हस्तान्तरण

स्वास्थ्य मन्त्रालयलाई डेढ करोड रुपैयाँको पीपीई हस्तान्तरण

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ८:४८,

एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। 

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन्।

हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको बताइन्। जसको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको पनि उनले जानकारी दिइन्।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंत्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालय मार्फत सहयोग गरेको बताइन्।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास समेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गरिन्। एक्सन ऐडले नेपालमा झण्डै ३९ वर्षदेखि काम गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad