समाज


टर्कीमा शक्तिशाली भूकम्प गयो, भयाे यस्ताे विध्वंश

टर्कीमा शक्तिशाली भूकम्प गयो, भयाे यस्ताे विध्वंश

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार २३:४८,

टर्कीको इजमिर सहरमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण थुप्रै भवन ध्वस्त भएका छन्।

यूएस जियोलोजिकल सर्वेक्षणअनुसार ७ रेक्टर स्केलको भूकम्प गएको हो।

टर्कीमा भूकम्पका कारण विध्वंशकाे अर्काे तस्बिर-

turky1

भूकम्पको धक्का टर्कीसहित एथेन्स र ग्रिसमा समेत महसुस गरिएको छ।

भूकम्पका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै जना घाइते भएका छन्। यस्तै ग्रिसमा पनि घर ढलेर चेप्दा २ जनाकाे मृत्यु भएकाे बीबीसीले जनाएकाे छ। 

टर्कीकाे विपद् प्रवर्द्धन विभागले उद्धार र राहतका लागि भूकम्प प्रभावित क्षेत्रमा तुरुन्त टाेली पठाइएकाे जनाएकाे छ।

भूकम्पको केन्द्र एजियर सागर भएको बताइएको छ। जानकारका अनुसार भूकम्पका कारण सुनामी नआउला भन्न सकिने स्थिति छैन।

ग्रिस सरकारले सामोस द्विपमा बसाेबास गर्ने सबै ४५ हजार नागरिकलाई  समुद्री तटबाट टाढा रहेन चेतावनी दिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad