ad ad

समाज


आज काठमाडौँमा मात्रै १५ सय ८ संक्रमित थपिए, कुन जिल्लामा कति?

आज काठमाडौँमा मात्रै १५ सय ८ संक्रमित थपिए, कुन जिल्लामा कति?

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १०:५८,

पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै १ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं १ हजार ५०८ सहित उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५०८ जना, भक्तपुरमा १३१ जना र ललितपुरमा २२९ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा मोरङमा २५५, सुनसरी १३७, झापा १३४, चितवन १२३, रुपन्देही १२०, कास्की ११२ रहेका छन्। योसँगै पछिल्लो २४ घण्टामा देशरभर ३ हजार ५१७ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।

हेरौँ तालिका, कुन जिल्लामा कति थपिए?

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .