व्यापारीले आउँदै गरेको तिहारलाई लक्षित गरेर ल्याउँदै गरको पटक प्रहरीले नागढुंगा चेकपोइन्टबाट बरामद गरेको छ।
चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाले २ लाख ६६ हजार वटा पटाका बरामद गरेको हो।
महेन्द्रनगरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बसबाट १३ लाख भन्दा धेरै मूल्यको १० बोरा पटाका बरामद गरिएको थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। बसका चालक नविन जोशी पनि पक्राउ परेका छन्।
प्रतिक्रिया