दोस्रो चरणको परीक्षण नतिजाअनुसार यस बेलायती खोपले सबै उमेर समूहका स्वयंसेवकमा काम गरेको द गार्जियनले उल्लेख गरेको छ।
अक्सफोर्ड र एस्ट्राजेनिकाको खोपले कोभिड १९ विरुद्ध एन्टीबडी सिर्जना गर्दछ।
खोपको प्रयोगपछि जवान स्वयंसेवक र ५६ देखि ७० तथा ७० भन्दामाथिका उमेर समूहका मानिसको शरीरमा बराबर एन्टीबडी सिर्जना भएको देखिएको बताइएको छ।
एस्ट्राजेनिकाले नयाँ अध्ययनपछि आफूहरुको खोपको नतिजा सकारात्मक र उत्साहजनक भएको जनाएको छ।
आगामी केही महिनामै आफ्नो खोप सीमित मात्रामा प्रयोगका लागि तयार हुने एस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ।

प्रतिक्रिया