ad ad

समाज


चितवनमा ट्रकपछाडि बस ठोक्कियो, १ यात्रुको मृत्यु, ५ जना घाइते

चितवनमा ट्रकपछाडि बस ठोक्कियो, १ यात्रुको मृत्यु, ५ जना घाइते

नेपालखबर
साउन १२, २०७६ आइतबार ३:४८,

चितवनको इच्छाकामना गाउँपालिका-४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आइतबार बिहान ट्रकको पछाडि बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनामा बसका यात्रु झापाको मेची-२ का २३ वर्षीय भानु तिमिल्सिनाको मृत्यु भएको हो।

उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिएको हो। दुर्घटना बिहान ४ः४५ बजे भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । सबैको अवस्था मध्यम छ । ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .