समाज


कोरोनाबाट गण्डकीमा थप ५ जनाको मृत्यु, २५२ नयाँ संक्रमित थपिए

कोरोनाबाट गण्डकीमा थप ५ जनाको मृत्यु, २५२ नयाँ संक्रमित थपिए

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ७:४१,

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसोसम्ममा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसाप्रदेशमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको हो।

निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको सोमबार बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै तनहुँको शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुषको आज बिहान बिहान ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मृतक सबैको शव व्यवस्थापनको तायरी भइरहेको जानकारी दिए।

 त्यस्तै गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ७११ पुगेको निर्देशक शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .