समाज


आज थपिएका संक्रमित आधाभन्दा बढी काठमाडौँका, कुन जिल्लामा कति थपिए?

आज थपिएका संक्रमित आधाभन्दा बढी काठमाडौँका, कुन जिल्लामा कति थपिए?

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ११:१२,

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाका २ हजार ७२० सहित देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो।

शुक्रबार सबैभन्दा बढी काठमाडौँमा २ हजार ३५७ जनामा कोरोना पुष्टि भएको छ। यो कूल संक्रमितको आधाभन्दा बढी संख्या हो।

मन्त्रालयका अनुसार बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरका २३६ मोरङका २२३ , काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, भक्तपुरका १२७ जना छन्। 

त्यस्तै दाङका ९२, बाँकेका ७९, झापाका ७४, मकवानपुरका ७१, कैलालीका ५३, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८/२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६/१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तालिकामा हेरौँ कुन जिल्लामा कति थपिए संक्रमित?\

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .