ad ad

समाज


अजरबैजान–आर्मेनिया युद्धः क्षेप्यास्त्रले लाग्दा १२ को मृत्यु ४० घाइते, २० घर ध्वस्त

अजरबैजान–आर्मेनिया युद्धः क्षेप्यास्त्रले लाग्दा १२ को मृत्यु ४० घाइते, २० घर ध्वस्त

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ८:५७,

तर सम्झौता भएको केहीदिनमै दुवै देश पुनः युद्धमा होमिएका छन्। अधिकारीहरुका अनुसार अजरबैजान र आर्मेनियाबीचको युद्धमा शनिबार क्षेप्यास्त्र प्रहार भएको छ।

क्षेप्यास्त्रले घरहरुमा लाग्दा शनिबार १२ जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएको बताइएको छ।

नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर यतिबेला दुई देशबीच युद्ध भड्किएको हो। शनिबार अजरबैजानको गाजा र मिनगिसिभर भन्ने क्षेत्रमा आर्मिनियाको भूमिबाट क्षेप्यास्त्र प्रहार भएको भोइस अफ अमेरिकाले जनाएको छ।

In war-hit Karabakh capital, residents inspect destroyed homes - France 24

अजरबैजानको रक्षामन्त्रालयका अनुसार आर्मिनियाको दुई क्षेत्रबाट क्षेप्यास्त्रहरु प्रहार भएका हुन्। आर्मिनियाबाट क्षेप्यास्त्र प्रहार हुँदा २० घर ध्वस्त बनेको बताइएको छ।

गत सेप्टेम्बर २७ यता जारी द्वन्द्वमा ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

नागोर्नो–काराबाख विवाद के हो?

नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ।

यो पनिः आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .