बागलुङको ढोरपाटन नगरपालिकामा दुर्घटनामा गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
ढोरपाटन नगरपालिका–४ स्थित डोजरले सडक पन्छ्याउने क्रममा खसेको ढुंगाले लागेर सकबहादुर खत्री गम्भीर घाइते भएका थिए।
घाइते खत्रीको प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। रासस
57
Shares

प्रतिक्रिया