ad ad

समाज


नेपालबाट बाहिरियो मनसुन

नेपालबाट बाहिरियो मनसुन

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १२:४२,

नेपालबाट मनसुन बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो ‘मनसुन बहिर्गमन बुलेटिन’ जारी गरी आजबाट देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जानकारी दिएको हो।

‘२०७७ जेठ ३० गतेदेखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ (लुम्बिनी) को पश्चिमका केही भूभागबाट असोज १५ गते नै बहिर्गमन भइसकेको सर्वविदित नै छ,’ महाशहाखाले जारी गरेको बुटिनमा भनिएको छ, ‘आज मिति २०७७/०६/३० देखि देशका सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको बेहोरा अनुरोध छ।’

माैसमविद्का अनुसार मनसुन बाहिरिनु भनेकाे वर्षायाम अन्त्य हुनु हाे। अब ठूलाे वर्षाकाे सम्भावना हुँदैन। 

नेपालबाट मनसुन बाहिरिने औसत मिति गत सेप्टेम्बर २७ तारिख भए पनि केही वर्षयता यसको अवधि लम्बिइरहेको छ।

महाशाखाका अनुसार अब नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। 

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान  

असोज ३० गते (शुक्रबार)

राती : प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कात्तिक १ गते (शनिबार)

दिउँसो : प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :  प्रदेश न १, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कात्तिक २ गते  (आइतबार)

दिउँसो : प्रदेश १, बागमती , गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती :  प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेशर गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .